मुख्यमन्त्री पोखरेललाई जानकी गाउँपालिकाको पत्र

49

नेपालगन्ज, साउन २-
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई जानकी गाउँपालिकाले विभिन्न माग समेटिएको पत्र बुझाएको छ । जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुरस्थित बन्जाडे गाउँ निवासी नेपाल कम्युनिष्ट पार्टीका नेता ओमकार बर्माको घरमा भेटघाटका लागि पुगेका मुख्यमन्त्री पोखरेललाई गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले माग पत्र बुझाएकी हुन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई स्वागत गर्दै जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल ।

उक्त माग पत्रमा जानकी गाउँपालिकाभित्र रिङरोड निर्माण, पर्यटकिय स्थलको विकास लगायत ठुला योजना निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ । ‘प्रदेश सरकारले यि ठुला योजना निर्माणमा सहयोग गरोस् भन्ने गाउँपालिकाको माग छ,’ उपाध्यक्ष धितालले भनिन् । मागपत्र बुझिसकेपछि मुख्यमन्त्री पोखरेल सकारात्मक रहेको उनले बताईन् । ‘मुख्यमन्त्री ज्यु हाम्रो मागप्रति एकदमै सकारात्मक देखिनु भएको छ, कार्ययोजना गराएर फेरीपनि मुख्यमन्त्री ज्यूलाई भेट्नेछौं,’ उनले धितालले भनिन् ।

बर्दियाको विभिन्न कार्यक्रममा बुधबार सहभागी भएर फर्किएका मुख्यमन्त्री पोखरेललाई स्थानीय नेता बर्माले घरमा आमन्त्रण गरेका थिए । सो क्रममा उनलाई गाउँमा भव्य स्वागतसँगै जलपान समेत गराए ।

Womui
Womui