कृष्ण पहाडीसहितका मानवअधिकारकर्मी बानेश्वरबाट पक्राउ

71

छिनछिन खबर
काठमाडौं ,असार ३२ ।सरकार स्वेच्छाचारितामा चलेको आरोप लगाउँदै धर्ना दिन गएका मानवअधिकारकर्मीहरु बानेश्वरबाट पक्राउ परेका छन्।कृष्ण पहाडीसहित २५ भन्दा बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले सत्याग्रही डा गोविन्द केसीको जीवन रक्षाको माग र सरकारको स्वतन्त्रता विरोधी गतिविधिको विरुद्ध संसद्‌ भवनअगाडि प्रदर्शन गरेका हुन्।मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा गएका २५ भन्दा धेरै अधिकारीकर्मीहरु पक्राउ परेका छन्। निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले गत शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए। शनिबार पनि प्रहरीले उनीहरुलाई २ घन्टा थुनामा राखी रिहा गरेको थियो।

Womui
Womui