बाग्लुङ जाँदै गरेको बस पाल्पाको भालेबासमा दुर्घटना, २६ घाइते

115

छिनछिन खबर
पाल्पा, असार २८ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटना भएको छ । बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । जसमध्ये चार यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


भैरहवाबाट बाग्लुङ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका–८ मा दुघर्टनामा परेको हो । घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट नेपालगन्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा भैरहवाबाट आउँदै गरेको बस तीव्र गतिमा भएकाले घुम्तीमा स्टेरिङ मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ ।

Womui
Womui