क्रोएसिया पहिलोपटक फाइनलमा, इङ्ल्याण्ड २–१ ले पराजित

115

काठमाडौं, असार २८ (एजेन्सी) । रसियामा सम्पन्न विश्वकपमा क्रोएसिया फाइनल प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न इङ्ल्याण्डसँगको खेलमा क्रोएसिया २–१ ले विजयी भएको हो । विश्वकप उपाधिका लागि क्रोएसियाले फ्रान्ससँग भिडन्त गर्नेछ ।
क्रोएसिया सन् १९९८ मा पहिलोपटक विश्वकपमा सहभागी भएको हो । त्यसयता क्रोएसियाले ५ वटा विश्वकप खेलिसकेको छ ।

खेलको पाँचौ मिनेटमा इङ्ल्याण्डले फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो । ङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरबाट भएको थियो । एक गोलले पछाडि परेपछि दबाबमा परेको क्रोएसियाले खेलको ६८ औं मिनेटमा गोल फर्काउँदै आफ्नो विश्वकप फाइनल यात्रा जिवित राख्न सफल भयो । पेरिसिकले सो बराबरी गोल गरेका थिए ।

बराबरी गोलपछि उत्साहित बनेको क्रोएसियाले इङ्ल्याण्डको पोस्टमा खतरनाक प्रहार गरेको थियो । तर ती प्रहारहरू गोलमा परिणत भने हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएसियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पु‍¥याउन सफल भएको हो ।

Womui
Womui