सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु , चालक गम्भीर घाइते

69

छिनछिन खबर

काठमाडौं, असार १९ ।गएराति सल्यानमा मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा सल्यान बागचौर नगरपालिका वडा नं.–८ कोटमौला निवासी ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी भरत विकले जानकारी दिए।

उक्त दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी ४० गोविन्द चौधरी गम्भीर घाइते भएका छन् । चौधरी ट्रकका चालक रहेको प्रहरीले जानकारी दिएको छ।घाइते चौधरीको अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।दाङको तुलसीपुरबाट तरकारी बोकेर सल्यानतर्फ जाँदै गरेको ना ५ ख ७६४५ नम्बरको मिनी ट्रक कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करिब १० बजेतिर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।मिनी ट्रक सडकदेखि झन्डै १०० मिटर जति तल खसेको छ । ट्रकमा चालकसहित दुईजना मात्रै रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । मृतक डाँगीको शव भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान खलंगामा लगिएको प्रहरीले बताएको छ।

Womui
Womui