धादिङमा पहिरो, ३ को मृत्यु, २ बेपत्ता

205

छिनछिन खबर

काठमाडौं, असार १४ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। ७ घर पहिरोले पुरिएका छन् । पहिरोमा परि ४ जना घाइते भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ वर्षीया वसोधा, छोरीहरु १० वर्षीया लक्ष्मी र ५ वर्षीया सरस्वतीको पहिरोमा परी मृत्यु भएको हो । उनीहरुको शव आज बिहान पहिरोबाट निकालिएको छ ।

खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ । सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा ५ घर पहिरोले बगाएकोे छ घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । रासस

Womui
Womui