२०७६ भदौ ४ देखि मोहियानी हक नलाग्ने

264

छिनछिन खबर
काठमाडौं, असार १३ । अब जमिनमा मोहियानी हक नलाग्ने भएको छ । सरकारले २०७६ भदौ ४ गतेदेखि जग्गाजमिनमा मोहियानी हक लाग्ने व्यवस्था खारेज गर्ने जनाएको छ ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजानिक सूचना नै प्रकाशन गरेर २०७६ भदौ ४ पछि मोहियानी हक नलाग्ने जानकारी गराएको हो ।

 

सरकारले मोहियानी हक सम्बन्धी निवेदन लिएर छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो । मन्त्रालयले बैशाख २३ गते सार्वजनिक गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्ग्चित्र २०७५ मा एक बर्षभित्र मोही सम्बन्धि समस्या पूर्णतः समाधान गर्ने उल्लेख थियो ।

सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान इकाइ गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।निवेदन मोहियानी वा जग्गाधनी दुबैले दिनसक्ने मन्त्रालयका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । उनका अनुसार नेपालमा एक लाख बढी मोइयानीहरु रहेका छन् ।

विगतमा उनीहरुले काम गरेको जग्गाको आधा जग्गा मोहियानी हक अन्तर्गत उनीहरुको पनि हुने व्यवस्था थियो । त्यसले गर्दा एउटा जग्गामा २ जनाको स्वामीत्व हुने थियो ।

जग्गामा दोहोरो स्वामित्व हटाउनका लागि मोहियानीको अन्तिम निवेदन लिएर यो व्यवस्था नै खारेज गर्न लागिएको प्रवक्ता गिरीले बताए । २०२१ सालको भूमि ऐन अनुसार एउटा जग्गामा काम गर्ने मोही र जग्गा धनी दुबै जनाको हक जग्गामा लागु हुने व्यवस्था थियो ।

के हो मोहियानी ?

मोहियानी भन्नाले अर्कैको जग्गाका खेती किसान गर्नेलाई बुझिन्छ । जसले आफूले अरुको जग्गामा श्रम गर्छन र त्यस श्रम बापत उत्पादन भएको वस्तु जग्गा धनीलाई पयिन बढेर चलाउने गर्छन् ।

यो नेपालमा पहिलै देखि चलिआएको एउटा चलन हो । जसले गर्दा एउटै जग्गामा १ भन्दा बढी व्यक्तिको स्वामीत्व हुँदै आएको थियो । यही स्वामीत्वको अन्त्य गर्दै सरकारले मोइयानीहकको रुपमा उनीहरुलाई आदि जग्गा उपलब्ध गराउन लागेको हो ।

Womui
Womui