पेनाल्टी मिस गर्ने रोनाल्डो अर्का खेलाडी

103

एजेन्सी
मस्को, असार १२
अर्जेन्टिनाका खेलाडी मेस्सीले पेनाल्टी मिस गर्दा प्रशंसकको आलोचना खेपिरहेका बेला अर्का चर्चित खेलाडी रोनाल्डोले पनि सोही नियति भोग्नु परेको छ । पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरेका हुन् । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलको ५३ औं मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्ने मौका गुमाए ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन् । रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाए । इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५–५ गोलको बराबरी गर्ने मौका गुमाएको छ । यसअघि पहिलो खेलमा स्पेनविरूद्ध ह्याट्रिक गरेका उनले अहिलेसम्म ४ गोल गरेका छन् ।
यसअघि पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

मोर्डोभिभया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

Womui
Womui