२४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित

32

छिनछिन खबर
काठमाडौं, असार ११ (एजेन्सी) । २४ वर्षपछि साउदी अरेबियालो विश्वकपमा जित निकालेको छ । इन्जुरी टाइमको गोलको मद्धतले साउदी अरेबियाले इजिप्टलाई हराएको हो । सोमबार भएको समूह चरणको खेलमा साउदी अरेबियाले इजिप्टलाई २–१ गोल अन्तरले हराएको हो ।

रुसमा जारी विश्वकपको पहिलो खेलमा घरेलु टोलीसँग ५–० ले पराजित भएको साउदीले दोस्रो खेलमा सुधार गर्दै उरुग्वेसँग एक गोल मात्र खाएको थियो । तर, समूह चरणबाटै बाहिरिएको उसले अन्तिम खेललाई भने स्मरणीय बनाएको छ ।

खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे । ४१ औं मिनेटमा साउदीले पेनाल्टी पायो । तर, अल मुवालेदको प्रहार इजिप्टका गोलकिपर इसाम अल हदारीले रोके । तर, पहिलो हाफको थपिएको समयमा अल फराजले साउदीका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेल बराबरीमा सकिने अनुमान भइरहँदा अल दोसारीले इन्जुरी टाएममा गोल गर्दै साउदी अरेबियालाई २–१ को जित दिलाए ।विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो ।

Womui
Womui