पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

95

छिनछिन खबर
चितवन, असार ११ । नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आइतबार राति तीन ठाउँमा पहिरो खसेपछि सोमबार बिहानदेखि सडक अवरुद्ध भएको हो । पटक–पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध हुँदै आएको छ । सडक अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा अहिले पनि पहिरो खस्ने क्रम जारी छ । चारकिलोको पहिरो ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिलो जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

Womui
Womui