टोनी क्रुसले जोगाए जर्मनीलाई

53

छिनछिन खबर
काठमाडौं, असार १० (एजेन्सी) । रसियामा जारी विश्वकपमा स्वीडेनलाई अन्तिम मिनेटमा हराएपछि जर्मनीले अघिल्लो चरणको संभाबना बलियो बनाएको छ । खेलको पहिलो हाफमा एक गोलले पछि परेको जर्मनीले दोश्रो हाफको सुुरुमै गोल फर्कायो ।


९० मिनेटमा गोल गर्न नसकेको जर्मनीले अतिरिक्त समयको अन्तिम मिनेटमा फ्रि किकमा गोल गर्दै जित दर्ता गरेको हो । टोनी क्रुसले अतिरिक्त समयको पाँचौ मिनेटमा गोल गरे । खेलको ८२ औं मिनेटमा जर्मनी १० खेलाडीमा सीमित भएको थियो । जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका हुन् ।
खेलको ३२ औं मिनेटमा स्वीडेनले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । यो खेल जितेको भए स्वीडेन अन्तिम खेल अघि नै नकआउट चरणमा पुुग्ने थियो । यो नतिजासँगै जर्मनी र मेक्सिको र स्वीडेन मध्य एक बाहिरिने छन् । कोरियाको भने अघिल्लो चरण कठिन छ ।

उसले अन्तिम खेल जर्मनीसँग खेल्दैछ । स्वीडेन र मेक्सिकोले अन्तिम खेल खेल्ने छन् । पहिलो हाफको ३२ औं मिनेटमा १ गोलले पछि परेको जर्मनीले दोश्रो हाफको ४८ औं पिमनेटमा मार्को रेइसको गोलमा बराबरी गरेको हो । स्वीडेनका लागि ३२ औं मिनेटमा ओला टोभिनेन्टले गोल गरे ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो । यो खेल जितेपनि अन्तिम खेलको नतिजामा भर पर्नु पर्ने छ । यो समूहमा मेक्सीकोको ६तथा स्वीडेन र जर्मनीको समान ३ अंक छ ।

Womui
Womui