आज एसईई को नतिजा प्रकाशित हुँदैछ

33

छिनछिन खबर
काठमाडौं, असार ९ । (एसईई) को नतिजा आज प्रकाशित हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले दिउँसो तीन बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर ४ बजेसम्म नतिजा प्रकाशित हुने जानकारी दिएका छन् ।

यसपालीको परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।

एसईई परीक्षाा गएको चैत आठ गतेदेखि सञ्चालन भएको थियो । नतिजा हेर्नका लागि विभिन्न परिक्षा नियन्त्रण कार्यायल, राष्ट्रिय परीक्षा बोर्डको वेवसाइटसँगै रिजल्टस् र सिम्बोल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने जनाइएको छ ।

Womui
Womui