स्रोत विद्यालयलाई शैक्षिक सामग्री वितरण

146

नेपालगन्ज, जेठ २५-
बाँकेका पाँच वटा स्रोत बिद्यालयमा अध्ययनरत अपांगता भएका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सरस्वती आधारभुत, मंगलप्रसाद मावि, त्रिभुवन मावि, नेरा आधारभुत खजुरा, मावि लगदहवालाई उक्त सामग्री वितरण गरिएको हो । सेभ द चिल्ड्रेन, कोकाकोला फाउण्डेशन र इसिडब्लूको आर्थिक सहयोगमा बाँके यूनेस्को क्लबले बाढी प्रभावित बालबालिकाका लागि सहयोग कार्यक्रम अन्र्तगत शुक्रबार सामग्री हस्तान्तरण गरेको हो । उक्त बिद्यालयमा अध्ययन गर्ने अपाङता भएका बालबालिकाको शैक्षिकस्तर सुनिश्चित गर्नका लागि विभिन्न शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

बालबालिकालाई शैक्षिक सामग्री, खेल सामग्री, भान्सामा प्रयोग सामग्री लगायतको सामान वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले बिद्यालयका प्रधानाध्यापकलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् । सो कार्यक्रममा बोल्दै उपमेयर थापाले सामाजिक संस्थाले समुदायस्तरमा काम गर्दाखेरी स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताईन् । स्थानीय तहसँग समन्वय गरेर काम गर्दा गैर सरकारी संस्थाको पारदर्शिता र ईमान्दारिता देखिने उनको भनाई छ ।

कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख गोर्खबहादुर थापा, सेभ द चिल्ड्रेनका इन्द्र विलास बराल, अपांग महासंघका केन्द्रिय सदस्य गोकर्ण आचार्य, महासंघका क्षेत्रीय अध्यक्ष भावुग जंग थापा लगायतले बोलेका थिए । एघार लाखको सहयोगमा स्रोत बिद्यालयको भौतिक संरचना मर्मत सम्भार तथा शैक्षिक सामग्री वितरण गर्दै आएको बाँके युनेस्को क्लबका अध्यक्ष पवेजअली सिद्दिकीले बताए । शैक्षिक सामग्री वितरणले बिद्यालयमा शैक्षिक गुणस्तरियतामा बृद्धि हुने उनको विश्वास छ ।

Womui
Womui