सर्पको टोकाइबाट एकै परिवारका दुइको मृत्यु

67

छिनछिन खबर

उदयपुर, जेठ २० । उदयपुरको गाईघाटमा विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय टीका बस्नेत र उनका नाति १२ वर्षीय सगुन बस्नेत रहेका छन् । गत राति सँगौ सुतेको बेला सर्पले टोकेको प्रहरीले जनाएको छ ।

टीकाको उपचार हुनै नपाई मृत्यु भएको थियो । नाति सगुनको रणसार्दुल गण कटारीको सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिराहाको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।

Womui
Womui