३८ किलो सुन तस्करीका अभियुक्त धमाधम आत्मसमर्पण गर्दै, घलेले पनि गरे आत्मसमर्पण

26

छिनछिन खबर
काठमाडौं, जेठ २० । ३८ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अभियोग लागेका एकपछि अर्को व्यक्तिले आत्मसमर्पण गर्ने क्रम जारी छ ।

आइतबार सोही काण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् । यसअघि एसएसपी श्यामबहादुर खत्री र चूडामणि उप्रेतीले पनि आत्मसमर्पण गरेका थिए ।

घलले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । अदालतमा उनको बयान जारी छ ।

Womui
Womui