राष्ट्रकवि घिमिरे पुनः अस्वस्थ, आइसियुमा भर्ना

94

छिनछिन खबर
काठमाडौं, जेठ २० । अघिल्लो दिनमा मात्र भारतमा उपचार गरी स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।


९९ वर्षीय घिमिरेको ग्राण्डी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । घिमिरेलाई ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, विवेक शर्मा, ओममूर्ती अनिललगायतको टिमले उच्च प्राथमिकताका साथ हेरिरहेको अस्पतालले जनाएको छ । बाइल्याट्रल निमोनिया देखिएपछि उनलाई आइतबार बिहान ७ बजे अस्पताल भर्ना गरिएको हो ।

यसअघि स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए। मुटु, मिर्गौला र फोक्सोमा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे जेठ ९ गते दिल्ली गएका थिए ।

Womui
Womui