इन्धनको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर एक सय १३ रुपैयाँ

43

छिनछिन खबर
काठमाडौं, जेठ १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाइएको हो ।

अन्तर्राष्ट्रिय बजारमा स्वचालित मूल्य अनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १ सय १३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

Womui
Womui