कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि नेपाली सेनाको पोल्टामा

114

छिनछिन खबर
सुर्खेत, जेठ १२ । कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ । वीरेन्द्रनगरस्थित रंगशाला मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देही ११ लाई हराउँदै सेनाले उपाधि हात पारेको हो । सेनाले ३७ रनल अन्तरले रुपन्देही ११ लाई हराएको हो । उपाधिसहित सेनाले ३ लाख रुपैयाँ नगद जितेको छ । उपविजेता बनेको रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका रुपन्देही–११ का सन्दिप सुनार २५ हजार प्राप्त गरे । उत्कृस्ट ब्याट्सम्यान घोषित भएका आर्मीका सागर पुन तथा उत्कृस्ट बलर रुपन्देहीका कृष्ण कार्कीले जनही दश,दशहजार रुपैयाँ प्राप्त गरे ।टस हारेर ब्याटिंग गरेको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रन बनायो । आर्मीको लागि ओपनर सागर पुनले सर्वा्धिक ३८ रन योगदान गरे । उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै विनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वा्धिक ३ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए । बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान एक,एक विकेट लिए । १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही–११ ले १७.५ ओभरमा ९५ रनमै सबै विकेट गुमायो ।

आर्मीका बलर बिक्रम सोबले सर्वा्धिक ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारिले समान २÷२ विकेट लिए । रुपन्देहीको लागि निश्चल चौधरीले सर्वा्धिक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रनको योगदान दिए । फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिए । बन्धु विकास बहुउदेश्ययी सहकारी संस्थाको आयोजनामा जेठ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टीमको सहभागीता थियो ।

Womui
Womui