पाँच वर्षपछि नेपाली कांग्रेस पुरानै अवस्थामा फर्किन्छः देउवा

113

छिनछिन खबर
काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावपछि कांग्रेस पुरानै अवस्थामा फर्कने बताएका छन् ।
नेपाल सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने उनको धारणा छ ।

देउवाले पाँच वर्षभित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकताबद्ध भएर अघि बढ्न पनि कार्यकर्तालाई आग्रह गरे । कम्युनिष्ट पार्टीबीचको एकीकरणले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल वातावरण बन्ने दावी समेत गरे ।

सभापति देउवाले निर्वाचनमा भएको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको तर्क दोहोर्याउँदै पाँच वर्ष्भित्र पार्टीलाई पूरानै अवस्थामा पुर्याउने योजना पनि अघि सारे ।

देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको दाबी गर्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्बाही गर्ने चेतावनी समेत दिए । कार्यक्रममा बोल्दै काँगे्रस बरिष्ठ नेता रामचन्द्र पौडेलले संगठन कमजोर भएकै कारण पार्टीले निर्वाचनमा हार व्यहोरेको स्वीकार गरेर अघि बढन सभापति देउवाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

Womui
Womui