सलमान खानको पुनः नेपाल भ्रमण रद्ध, यस्तो छ कारण

124

छिनछिन खबर
काठमाडौं, जेठ १० । बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण पुनः रद्ध भएको छ । आयोजक ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।


यस अघि १० मार्चका लागि पनि काठमाडौंमा हुने भनिएको सलमानको ‘दबंग द टुर’ रद्ध गरिएको थियो । त्यतिबेला सलमानसँगै बलिउड कलाकारहरू सोनोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएकोमा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल भ्रमणा स्थगित भएको जनाएका थिए । अब सलमान नेपाल कहिले आउने भन्नेबारे केही खुलाइएको छैन ।

Womui
Womui