गुडिरहेको बसमा एक्कासी आगोको मुस्लो, यात्रु सकुशल

235

हरि भट्ट
धनगडी, जेठ १२ । काठमाडौंबाट डडेल्धुरा आउँदै गरेको बसमा एक्कासी आगो लागेको छ । उग्रतारा सार्वजनिक यातायात समितिको बसमा एक्कासी आगो लागे पनि के कारणले त्यसो भएको हो केही खुलेको छैन ।


एक्कासी आगो लाग्दा बस ध्वस्त भएको छ । काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान अकस्मात आगो लागेको प्रत्यक्षर्शीले बताए । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत बर्दियाको बासगढी नजिक उक्त घटना भएको हो । अगाडिको चक्काबाट सुरु भएको आगो केहीबेरमै पुरै बसमा फैलिएको थियो ।

एक्कासी रुपमा आफैँ आगो दन्किएपछि बस जलेर पूर्ण रुपमा नष्ट भएको छ भने यात्रुहरु सबै सकुसल छन् । सोही बसमा सानो चमेना गृहसमेत रहेकाले चमेना गृहबाटै आगो सल्किएको हो कि भन्ने आंशका गरिएको छ । बसमा ४५ यात्रु सवार थिए । आगलागीले यात्रुहरुको सबै सामान जलेर नष्ट भएकोे उग्रतारा सार्वजनिक यातायात समिति अध्यक्ष पदमराज जैसीले बताए ।

Womui
Womui