सिभिल बैंकको सेयरमा राष्ट्रिय विमा कम्पनी र कर्मचारी संचय कोष

113

छिनछिन खबर
काठमाडौं, जेठ ११ । तेस्रो पटक सिभिल बैंक लिमिटेडले बिकीको लागि माग गरेको हकप्रद शेयरमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनीले आवेदन गरेका छन् ।

स्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद सेयर बिक्रीको लागि जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गएिकोमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनीको आवेदन परेको बैंकले जनाएको छ । कुल ३२,२५,६२० कित्ता शेयरको लागी आवेदन परेकोमा अधिकतम १५३ र न्यूनतम बोली १०० परेको बैंकले जनाएको छ । कर्मचारी संचय कोषले प्रतिकित्ता १०० मा र अन्य लगानीकर्ताले १५३ सम्ममा सेयर खरिद गरेका छन् ।


यससंगै बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६२ रुपैयाँ पुग्ने कुरा बैंकले बताएको छ । नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापूँजी ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम हकप्रद सेयर वितरण गर्न बैंकले सेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो ।

आ.व. ७४÷७५ को चैत्र मसान्तसम्म ३७ अर्वको निक्षेप परिचालन गरी करीव ३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै ३५ करोड खुद मुनाफा कमाउन सफल रहेको बं्रकले जनाएको छ । उक्त बैंकका शाखा संख्या ६१ छन् । बैंकले संचित मुनाफाबाट बोनस सेयर वितरण गरी अपुग चुक्ता पूँजी पु¥याउने जनाएको छ ।

Womui
Womui