बाँकेमा तरुण दलको प्रशिक्षण

120

कोहलपुर, जेठ ५-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेले प्रशिक्षण सञ्चालन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बाँकेको कोहलपुरमा शनिबार जिल्ला स्तरिय प्रशिक्षण गरिएको हो । उक्त प्रशिक्षणको नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको संगठन सुदृढीकरण गर्ने अभियानमा लाग्न युवाहरुलाई निर्देशन दिए । पार्टीले विगतमा गरेका गल्ती, कमजोरीलाई सच्याएर अगाडी बढ्ने बताए । नेपाली कांग्रेसको सिद्धान्त, कांगे्रस नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न जनताको माझमा जानुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो, पार्टीका साथीहरुले मेहेनत गर्नुपर्यो, जनताको स्वार्थसँग आफुलाई गाँस्नुपर्यो, पार्टीभित्र पनि न्यायनिसाप हुनुपर्यो र अनुशासन हुनुपर्यो,’ उनले भने ।


नेपाली कांग्रेसको सुदृढीकरण अभियानको सुरुवात आफुले मुलुककै विकट कर्णाली प्रदेशबाट सुरु गरेको जानकारी दिए । यसका लागि कांग्रेसका नेता, कार्यकर्ताले आफ्नो चरित्र, आचरण, व्यवहार, कार्यशैली, र क्रियाकलाप गर्नुपर्ने बताए । कम्युनिष्टहरुले पटक–पटक सिद्धान्त, नाम र अनुहार फेरबदल गर्ने भएकाले जनतालाई धोका दिने जिकिर गरे । उनले भने, ‘नेपालका कम्युनिष्ट पार्टी र मौसमको कुनै भर हुन्न, कम्युनिष्टले जतिबेला पनि चोला बदल्छन् ।’ एक दिने प्रशिक्षणमा तरुण दल सम्वद्ध युवालाई सहभागी गराएर प्रशिक्षित गरिएको तरुण दल बाँकेका सहसचिव बिमल चन्दले जानकारी दिए । उक्त प्रशिक्षण तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Womui
Womui