पूर्व फुटबल खेलाडी मणीविक्रम शाहलाई श्रद्धान्जलि दिने शुभचिन्तकको भीड दशरथ रंगशालामा

110

छिनछिन खबर
काठमाडौं, जेठ १ मणीविक्रम शाहलाई श्रद्धान्जलि दिन दशरथ रंगशालामा राखिएको छ । त्यहाँ खेलाडी, विभिन्न पार्टीका नेता र आफन्तजनको बक्लो उपस्थिति देखिन्छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित शाहको सोमबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

आइतबार उनलाई धेरै समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने निर्णय गरेको थियो । शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए।त्यसपछिको एक दशक उनी नेपाली राष्ट्रिय टोलीका मुख्य सदस्य रहे। नेपालले सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनले महत्वपूर्ण भुमिका खेलेका थिए।

भारतबिरुद्धउनले अन्तिम सेकेण्डमा बराबरी गोल गरेपछि नेपालले पेनाल्टीमा अविश्मरणीय ४–३ को जित निकालेको थियो। उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोकेको थिए। फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी नेपालका खेलाडी हुन्। मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा खेल्ने उनलाई नेपाली म्याराडोना पनि भनिन्थ्यो।मणिको खेल्ने ड्रिबल र फिनिसिङ अनि हुलियापनि म्याराडोनासँग मिल्ने भएकाले समर्थकहरुले उनलाई यो नाम दिएका थिए।

Womui
Womui