विद्युत सर्ट भई आगलागी हुँदा धन जनको क्षति

55

छिनछिन खबर
कञ्चनपुर, जेठ १ । हावाहुरीका कारण विद्युत सर्ट हुँदा कञ्चनपुरको बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका बाख्रा र खोरमा थुनेका कुखुरा जलेर नष्ट भएका छन् । त्यसैगरी आइतबारको हुरीका कारण अन्य चार ठाउँमा आगलागी हुँदा ७ लाख रूपयाँ बराबरका घरपालुवा जनावरहरू जलेर मरेका हुन सक्ने स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीले तामाङको गोठमा ४ वटा बाख्रा र खोरमा राखिएका २० वट स्थानीय जातका कुखुरा जलेर मरेका गोठ पुरै जलेर खरानी भएको बताए । उता विद्युत सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४ सय कुखुराका चल्ला जलेर मरेका छन् । फार्म पूरै जलेर नष्ट भएको छ ।

 

यसैगरी, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा २ वटा गाईका बाच्छा जलेर मरेका छन् । लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। चारवटै ठाउँमा आइतबार हावाहुरी आएका बेला आगलागी भएको बताइएको छ । हावाहुरीले स्थानीय बासिन्दाका घरका छाना उडाउनुका साथै बगैचाका आँप पनि झारेको र विद्यालयका छाना उडाएर नोक्सान गरेको छ ।

Womui
Womui