प्रधानमन्त्री ओलीद्वारा संसद्मा सम्बोधन, चाँडै चीनको भ्रमण गर्ने तयारी

159

छिनछिन खबर
काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको दुई दिने भ्रमणबारे आइतबारे संघीय संसद्लाई जानकारी गराएका छन् ।

संसंद्मा बोल्दै उनले मोदीको भ्रमण सफल भएको बताए । त्यस्तै उनले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मोदीको भ्रमणको बेला सार्वजनिक गरेको अवधारणा नेपालको परराष्ट्र नीति विपरित रहेको बताएका छन् । राउतले २ नम्बरलाई राज्यले विभेद गरेको आरोप लगाएका थिए ।

सम्बोधन क्रममा ओलीले चाँडै चीनको भ्रमण गर्नेसमेत जानकारी दिए । मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै उनले आफूले समानताको आधारमा कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरेको बताए । सोहीअन्तर्गत चीन भ्रमणको तयारीमा लागेको उनले जानकारी गराए ।

Womui
Womui