काठमाडौं आइपुगे भारतीय प्रधानमन्त्री मोदी, यस्ता छन् कार्यक्रम

38

छिनछिन खबर
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । केहीबेर अघि मोदी चढेको इन्डियन एअरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।


मोदी जनकपुरमा नागरिक अभिनन्दन ग्रहण तथा जानकी मन्दिरमा पूजापाठ गरी काठमाडौं आइपुगेका छन् । केहीबेर होटल हायातमा आराम गरेपछि चार बजेतिर नेपाली सेनाले टुँडिखेलमा दिने गार्ड अफ अनरमा उनी सहभागी हुनेछन् । शुक्रबार साँझ मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई उनीहरूकै कार्यालयमा भेट गर्ने कार्यक्रम छ । त्रिभुवन विमानस्थलमा मोदीलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए ।

शनिबार बिहानै मोदी मुक्तिनाथ जाने कार्यक्रम छ ।

Womui
Womui