सेयरबारे जानकारी दिन क्यापिटल एक्स्पो हुँदै

124

छिनछिन खबर
काठमाडौँ , वेशाख २५ । सधैँ उतारचढाव भइरहने सेयरबजारबारे तपाई कत्तिको जानकार हुनुहुन्छ ? यदि हुनुहुन्न भने खुसीको खबर छ ।
धितोपत्र बोर्डले पहिलोपठक सेयरको विशेषता र सेयरबजारबारे जानकारी दिन राजधानीमा क्यापिटल एक्स्पो आयोजना गर्दैछ । वैशाख २६ गते काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा नेपाली सेयरबजारको विगतदेखि हालसम्मको उतारचढावबारे छलफल गरिने बोर्डले जनाएको छ ।


विश्वका थुप्रै मुलुकमा सेयरमा लगानी गर्नुलाई उचित प्रतिफल प्राप्तीको आधार मानिन्छ भने नेपालमा सेयरबाट अझै फाइदा लिन नसकिएको लगानिकर्ताको गुनासो रहँदै आएको छ । नेपालको सेयरबजार वृद्धि हुन नसकेको कारणबारे पनि एक्सोपमा खोतलिने बोर्डको अधिकारीले जनाएका छन् ।

नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी लगायतले एक्स्पोमा सहभागी हुने लगानीकर्ता तथा अन्य अवलोकनकर्तालाई बजारका बारेमा जानकारी प्रदान गर्ने छन् । एक्स्पोमा धितोपत्र सम्बन्धी अध्ययन सामग्री निःशुल्क प्रदान गरिने बोर्डले जनाएको छ ।

Womui
Womui