प्रेमबहादुर राईलाई छुटाउन जुट्यो ७१ लाख

47

छिनछिन खबर
काठमाडौं, वैशाख २१ । २ वर्षदेखि साउदी जेलमा रहेका प्रेमबहादुर राई छुटाउन हालसम्म ७१ लख रुपैयाँ उठेको छ । साउदी जेलमा रहेका राईको सहयोगार्थ पछिल्लोपटक संकलन भएको ३० लाख ९ हजार ४७ रुपैयाँ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यलाई उपलब्ध गराए । सडक दुर्घटनाका कारण जेल परेका राई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि २ वर्षदेखि जेलमा रहँदै आएका छन् ।


एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको त्यो प्रधानमन्त्री ओलीले राईकी पत्नी सरितालाई प्रदान गरेका हुन् । राईको रिहाइका लागि ९५ लाख रुपैयाँ चाहिने छ ।

Womui
Womui