लाजले यसरी पीडा दियो रुकुमका महिलालाई

72

छिनछिन खबर
रुकुम, वैशाख १९ । जिल्लाको आठबिसकोट निवासी ५५ वर्षीया रामकली रोकाय आङ (पाठेघर ) खस्ने समस्याले २५ वषर््ादेखि पीडित छिन् ।त्यस समस्याबाट मुक्ति पाउन उनले अनेक सोच बनाए पनि अरुसँग कुरा गर्दा लाज लाग्ने बानीका कारण अहिले त्यो रोग उपचार हुनै नसक्ने गरी बल्झिएको छ ।

समयमै उपचार गरेको भए सहजै निको हुने मानिएको आङ खस्ने समस्यालाई लुकाउँदा यतिखेर रामकली के गरौं र कसो गरौं भन्ने अवस्थामा पुगेकी छिन् । ‘समयमै उपचार गरेको भए सहजै निको हुने रहेछ,’ त्यतिबेला लाजले कुरा गर्नै सकिएन,’ सारै गाह्रो भएपछि देखाउँदा डाक्टर निकै ढिलो भइसक्यो भन्छन्,’ उनले भनिन्, ‘त्यही लाजले मृत्युको मुखमा पु¥यायो ।’

उनले पाठेघर खस्ने समस्या सुरु भएदेखि ३ छोरा÷छोरीलाइ जन्म दिएको सुनाइन् । त्यति मात्र होइन । सुत्केरी भएको बेला गाह्रो काम गर्नु हुँदैन भन्ने जानकारी पनि उनीसँग थिएन । रामकली भन्छिन्, ‘सुत्केरी भएपछि आराम गर्नुपर्ने रहेछ । तर मैले घाँस, दाउरा गर्न छोडिनँ ।’ शिक्षा र चेतनाको कमीले आफैँ मृत्युको मुखमा पुगेको जस्तो यतिखेर रामकलीलाई लागिरहेको छ ।

रामकलीजस्तै सोही ठाउँकी ३५ वर्षीया कल्पना घर्तीको पनि समस्या एउटै छ । बिवाह भएको २ वर्षमै छोरा जन्माएकी कल्पनालाई सुत्केरीको बेला कस्तो काम गर्नुपर्छ भन्ने ज्ञान नहुँदा पानीको गाग्री उठाएकै कारण पाठेघर खसेको छ । उनले भनिन्, ‘मैले त्यो समयदेखि धेरै दुःख पाएँ हिँड्डुल गर्न, दिशा पिसाब गर्न, काम गर्न धेरै असहज भयो ।

अब भने रोग लुकाउन हुँदैन भनेर अरुलाई सल्लाह दिन्छु ।’चिकित्सकहरू भने पाठेघर खस्ने समस्या धेरै महिलामा हुने बताउँछन् ।समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न पाठेघर खस्ने समस्या समाधान हुने डा. प्रवेश शर्माले बताइन् ।

Womui
Womui