घरघरै पानीका धारा स्याफ्रुका बासिन्दा दंग

144

छिनछिन खबर
रसुवा वैशाख १९ । रसुवाको पुरानो सदरमुकाम स्याफ्रुमा एक घरमा एक धारा निर्माण गरिएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ स्यापु्रmका बासिन्दाको घरघरमा धारा पु¥याइएका हुन् । अबदेखि स्यापु्रmमा खाने पानीको समस्या नहुने बताएपछि बासिन्दा दंग छन् । यो क्षेत्र पर्यटकीय प्रमुख क्षेत्रका रुपमा रहेको छ । आयोजनाले स्यापु्रmका १ सय १४ घरधुरी लाभान्ति भएका छन् ।
पानी जम्म गर्न दुइवटा रिर्जभ ट्यांकी निर्माण गरिएको छ । एउटा ७५ घनमिटरको र अर्को २२ घनमिटरको ट्यांकी निर्माण गरिएको पादाखोला खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

पादाखोलादेखि २ हजार ८ सय मिटर पाइप जोडेर रिर्जभ ट्यांकीमा पानी ल्या इएको छ । ट्यांकीबाट स्यापु्रmका घरघरमा पानीका धारा पु¥याउन एक हजार ८ सय मिटर पाइप लागेको समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष निमा साङ्वो लामाले प्रत्यकको घरमा खाने पानी पु¥याइएको र आफ्नो आवश्यक्ता अनुसार पानीको धारा निर्माण गर्न सकिने बताए ।

हरेक घरमा पानी पु¥याउने लक्ष्य लिएर लागेका थियौं अहिले हामी सफल भएका छौं भने भूकम्पले भत्किएका घर पुनर्निर्माण भइरहेको ठाउँमा टि र गोट भल्व जोडिएको युएनडीपी नेपालका इन्जिनियर विकास भट्टले जानकारी दिए । ३४ लाख ५० हजारको रुपयाँको लागतमा खानेपानी योजना निमाएण गरिएको समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाले निर्माण थालेका थिए । एक घर एक धारा अभियान पुरा गर्न यो वर्ष युएनडीपीको सहयोगमा स्वास नेपालको समन्वयमा धरा निर्माण गरिएको इन्जिनियर भट्टले जानकारी दिए । अबका दिनमा स्थानीय उपभोक्ता र पर्यटकलाइ खाने पानीमा सहज हुने खाने पानी निर्माणले विश्वास गरेको छ ।

Womui
Womui