कार ठोक्याएर क्यानडामा १० को हत्या

28

काठमाडौं, वैशाख ११ (एजेन्सी) । क्यानडाको टोरन्टोमा एक व्यक्तिले सडकमा हिँडिरहेका पैदलयात्रीलाई कारले ठक्कर दिँदा कम्तिमा १० जनाको हत्या गरेको छ । १५ भन्दा बढी घाइते भएका छन् ।

व्यस्त सडकमा चालकले हिँडिरहेका व्यक्तिहरुलाई अन्धाधुन्द ठक्कर दिएको प्रहरीले जनाएको छ । त्यो व्यक्तिले चलिरहेको कारलाई अघि लैजाने र पछि फर्काउने गर्दा धेरैको हत्या भएको हो । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उक्त घटना योङ्ग स्ट्रिट र फिन्च एभिन्यूमा भएको हो । घटनापछि मेट्रो सेवा केही समय बन्द गरिएको छ । घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Womui
Womui