चिडिमार समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामग्री

197

मधु पौडेल
नेपालगन्ज, बैशाख १०-
चिडिमार समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सहयोग तथा सामाजिक विकास केन्द्र नेपालगन्ज–१२ को सहकार्यमा उक्त वडाका ५० जना बालबालिकालाई सहयोग स्वरुप एक थान झोलासहित पढाईका लागि आवश्यक सामग्री वितरण गरिएको केन्द्रका सचिव शिवकुमार बर्माले बताए ।

बिपन्न, गरिव एवम् जोखिममा परेका बालबालिकालाई आफुले सानो सहयाग गर्न पाउँदा निकै खुसी भएको वडा नम्बर १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले बताए । शैक्षिक सामग्री पाएपछि प्रशान्त चिडिमारले आफुले पढ्नका लागि प्रोत्साहन स्वरुप शैक्षिक सामग्री पाउँदा निकै खुसी भएको बताए । बागेश्वरी आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत बिनिता चिडिमारले शैक्षिक सामग्री प्राप्त गरेको आफु निकै खुसी भएको र आगामी दिनमा आफुले झन् धेरै मेहेनत गरेर पढ्ने बताईन् ।

कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडाअध्यक्ष एवम् प्रमुख अतिथी सुवेदीले आफुले बालमैत्री वडाको रुपमा वडा नम्बर १२ लाई घोषण गर्ने अभियानसँगै शिक्षा आर्जान गर्ने कुराबाट कुनैपनि बालबालिका बञ्चित हुन नदिन आफु लागिपरेको बताए । उनले भने, ‘अब वडामा कुनैपनि बालबालिका शिक्षाको प्राप्त गर्ने अधिकारबाट बञ्चित हुनुपर्दैन, वडाले सकेको सहयोग गर्छ ।’ केन्द्रका अध्यक्ष रामु चिडिमारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य दिनेशराज पन्त, फुलमति लुहार, चन्दा चिडिमार, तरुण बज्राचार्य, बाँके युनेस्को क्लबका ईश्वर बि.क., समाजसेवी जनकराज लगायतले बोलेका थिए, भने नेपाल पर्यटन पत्रकार संघ बाँके शाखाका सचिव मधु पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui