नेपालगन्ज, बैशाख १०-
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा सोमबार नेपाल बिद्यार्थी संघले बृहत रक्तदान गरेको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाईको आयोजनामा गरिएको उक्त कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् ।
नेविसंघ मब ईकाई सभापति चेतनारायण शर्माको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, जिल्ला सचिव तप्त पौडेल, जिल्ला सदस्य माया पुन लगायत उपस्थिती रहेको थियो ।
नेविसंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरेको जनाएको छ । कोहीपनि बिरामी रगत अभावका कारण छट्पटाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको ईकाई सभापति शर्माले बताए ।