भारतको कोठीबाट नाबालिकासहित दुई नेपाली चेलीको उद्धार

81

नेपालगन्ज, बैशाख ९-
भारतको आग्रास्थित एक कोठीबाट ५ नेपाली चेलीको उद्धार गरेको घटना सेलाउन नपाउँदै माईती नेपाल नेपालगन्जले फेरीपनि दिल्लीको जिबी रोडस्थित ६४ नम्बर कोठीबाट एक नाबालिका सहित दुई नेपाली चेलीको उद्धार गरेको छ । माईती नेपालको अगुवाईमा रेक्यु फाउण्डेशन भारत र भारतीय प्रहरीको क्राईम ब्रान्चद्धारा उनीहरुलाई उद्धार गरिएको हो ।

यही बैशाख ४ गते बिहान साढे ९ बजेतिर नुवाकोट घर भएकी १७ बर्षकी, पर्सा र घर बताउने १८ बर्षकी र उनकी १ बर्षिया नाबालिका छोरीलाई कोठीबाट उद्धार गरिएको माईती नेपाल नेपालगन्जका क्षेत्रीय प्रमुख केशव कोईरालाले जानकारी दिए । कोईरालाका अनुसार नुवाकोट घर भएकी १७ बर्षकी युवती डेढ वर्षअघि भारतको दिल्ली पुगेकी थिईन्, भने १८ बर्षकीलाई ३ वर्षअघि कामको प्रलोभनमा दिल्ली पु¥याइएको थियो ।

यौन सम्बन्धका क्रममा उनी कोठीभित्रै गर्भवती भएपछि छोरी जन्माएको तथ्य खुलेको कोईरालाले बताए । काममा लगाईदिने प्रलोभन देखाएर गाउँकै ब्यक्तिले ललाई फकाई भारत पु¥याएर यौन ब्यवसायका लागि कोठीमा बिक्री गरेको पीडितले बताएका छन् ।

Womui
Womui