एमाले–माओवादी एकताको विकल्प छैनः प्रधानमन्त्री ओली

39

छिनछिन खबर
काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीचको एकताको विकल्प नभएको बताएका छन् । वाम एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा एकता अघि केही प्राविधिक कुरा मिलाउनु पर्ने भए पनि एकतावाहेक अर्को बाटो नभएको उनले बताएका हुन् ।


पार्टी एकता अन्तिम विन्दुमा पुगेको भन्दै जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्ने बताए । ‘अव हामीले अरु कसैलाई दोष लाउने, अर्काको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन । एकतालाई सहज पार्ने बाहेक ठाउँ छैन’ प्रधानमन्त्री ओलीले भने, ‘जुत्ता मिलेन भने खुटा ताछेर भएपनि मिलाउनुपर्छ । अव त्यो मिलेन । यो मिलेन भन्ने ठाउँ छैन ।’

 


उनले अव मुलुकमा मालिक र शासकले होइन, जनताले शासन गर्ने हो भन्दै योजना, नीति र कार्यक्रम बनाउन जनतालाई गोलबद्ध गर्दै अघि बढ्ने बताए । ‘कम्युनिष्ट सरकार जनताका लागि बनेको हो । अव पारदर्शिता, सुशासनको बाटोबाट मुलुक अघि बढ्छ । हामी एकताबद्ध भएको यही कारण हो । सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताको अन्तिम विन्दुमा रहेको बताए । अब मिति किटान नगरेरै पार्टी एकता हुने बताए ।

Womui
Womui