कसले साथ देला धनमायालाई ?

60

छिनछिन खबर
झापा, वैशाख ८ । विदेश गएर कमाइ गर्ने अनि घरपरिवारको गुजारा गर्ने लक्ष्य बोकेकी विर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतालाई अहिले सोही रोजगारीले बिचल्ली बनाएको छ ।

१५ महिनाअघि वैदेशिक रोजगारीका लागि जोर्डन गएकी धनमायाको बलात्कारबाट गर्भ बसेपछि समस्या सिर्जना भएको हो । काम गर्ने क्रममा भारतीय नागरिकले बलात्कार गर्दा गर्भ बसेको र त्यसपछि रोजगारदाताले उनलाई घर फिर्ता गरेको थियो । गर्भ बोकेर घरमा पुग्दा श्रीमान र परिवारका अन्य सदस्यले निकाला गरेकी उनी यतिखेर न्यायका लागि विभिन्न निकायमा दौडधुप गरिरहेका छन् । उनलाई श्रीमान् किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए ।

दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी धनमायाले सँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेको बताइन् । उनी काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन गएकी थिइन् । जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा ८ महिना अघि यस्तो घटना भएको उनको भनाइ छ ।

‘एक दिन उसले कारखानाबाट कोठामा फर्कदै गर्दा राति ११ बजे मेरो अनुहारमा रुमालले छोपेर बाटोमा लडायो,’ उनले भनिन्, ‘यसबाहेक अरु मलाई केही थाहा छैन । पछि त गर्भ नै बसेछ ।’
एक साता अघि मात्र घर फर्किएकी धनमायालाई श्रीमानले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन् ।

धनमायामा दुई छोरी र एक छोरा छन् । १५ वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ का कमल बस्नेतसँग उनको मागी विवाह भएको हो । कमलले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै कुनै सहयोग गर्न नसक्ने बताइरहेका छन् ।

आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको दावी छ । धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था हुनुपर्ने माग गर्छन् । ’छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,’ कार्कीले भने ।

Womui
Womui