उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण नगर्ने

186

काठमाडौं, वैशाख ८ (एजेन्सी) । परमाणु मिसाइल परीक्षण गर्ने तयारीमा रहेको उत्तर कोरियाले तत्काल मिसाइल परीक्षण नगर्ने भएको छ । उत्तर कोरियाली नेता किम जोङ्गले तत्काल थप परमाणु मिसाइल परीक्षण गर्न आवश्यक नरहेको बताएका छन् ।

उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो जानकारी दिएको हो । यसअघि २१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने घोषणा गरेको थियो । जसले गर्दा छिमेकी मुलुकलाई त्रसित बनाइरहेको थियो । पछिल्लो समयमा उत्तर कोरिया र संयुक्त अमेरिकाबीच वार्ताको वातावरण बनेको छ । जसले गर्दा मिसाइल परीक्षण रोकेको छ ।

परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ । गत वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहाद्वीपीय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको थियो र भनेको थियो । यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्छ ।

Womui
Womui