यसरी सुरु हुने भयो बाहिरी चक्रपथ

34

छिनछिन खबर
काठमाडौं, वैशाख ८ । लामो समयदेखि अवरुद्ध काठमाडौंको बाहिरी चक्रपथ बन्ने भएको छ । मन्त्रिपरिषद बैठकले बाहिरी चक्रपथको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्वीकृत गरेपछि बन्ने निश्चित भएको हो ।

पहिलो चरणमा बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

यसरी हुँदैछ पहिलो खण्डमा जग्गा एकीकरण
चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले जिम्मा दिइएको छ । पहिलो खण्ड निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

Womui
Womui