एबरोल टीएमटी लुम्बिनी यात्रीजको जित

107

कोहलपुर-आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलबार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले जितेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टिएमटि लुम्बिनी यात्रीजले ६ बिकेटले जितेको हो । पहिलो खेलमा टस जितेर एबरोल टिएमटी लुम्बिनी यात्रीजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको जिसान बाँके ब्लास्टरले सुरुवात गरेको थियो । जिसान बाँके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए, भने सुदिप नेपाली र अख्तर हुसैनले १३/१३ रन बनाए ।

छैठौं ब्याट्स म्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडले भने आक्रामक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए । निर्धारित २० ओभरमा ८ बिकेट गुमाउँदै जिसान बांके ब्लास्टरले १३८ रन बनाएको थियो । एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २/२ बिकेट लिन सफल भए । एक सय ३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीजले ७ बल अगाडी विजय प्राप्त गरेका थिए ।

जस्का लागि ओपनर ब्याट्सम्यान बिशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बाँके ब्लास्टरका लागि गोपाल सिंहले २ बिकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टीएमटी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै दोस्रो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ बिकेटले पराजित गरेको छ ।दंगाली गोर्खाजले पहिले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ईनिडंग्समा ब्याटिंगमा उत्रेको पप्पुु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका लागि भने राम्रो सुरुवात रहेन ।

कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए भने रोल्पाका उप कप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए । अन्य ७ ब्याट्स म्यानले भने दोहोरो अंक जोड्न सकेनन् । दंगाली गोर्खाजको निकै आक्रमक फिल्डिङमा बलर सागर ढकालले ४ बिकेट तथा बिष्णु कटारियाले ३ बिकेट लिए । १८.५ ओभरमा आफनो सम्पुर्ण बिकेट गुमाउँदै पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले ९५ रन बनाएको थियो । जवाफमा ९६ रनको विजय योगफल लिएर मैदानमा उत्रेको दंगाली गोर्खाजले आक्रमक ब्याटिंङ गर्दै ओपनर संदिप सुनारले १९ बलमा ३६ रन बनाए भने उपकप्तान विनायक गिरी र सुजन पुनले समान १६ रन बनाए । १४ ओभरमा ४ बिकेटको क्षतिमा दंगाली गोर्खाजले जित निकालेको हो । एनआई एसिया दंगाली गोर्खाजका सागर ढकाल म्यान अफ द म्याच घोषित भए ।

Womui
Womui