अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाउँदै नेपाली कफी

127

निशा ओली
काठमाडौं, बैशाख ३ । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको छ । दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक ) पाएको हो ।

अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच बर्षअघि परीक्षणमा पठार्इँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिले पटक हो । गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी बिकास बोर्डले जनाएको छ । फ्लेवर,टेस्ट,एसिडिटी स्विटनेसलगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ ।

८० अंक भन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बाएर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अपेक्षित रुपमा उत्पादन बढ्न नसके पनि नियति भने बढेको छ । आर्थिक वर्ष ०६८÷६९मा चार करोड ३० लाखको चिया निर्यात भएकोमा आर्थिक वर्ष ०७३÷७४मा आठ करोड ४५लाख रुपैयाँ पुगेको छ । यहाँ उत्पादन भएको ४० प्रतिशत कफी जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्सलगायतका मुलुकमा निर्यात हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Womui
Womui