अब घरमै बसेर शेयर कारोबार

115

छिनछिन खबर
काठमाडौं, बैशाख २ । शेयर खरिद या बिक्री गर्न दलाल कार्यालय धाएर हैरान हुनु भएको छ ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अबदेखि घरमै बसेर शेयर कारोबार गर्न पाउनु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आइतबारदेखि सेयर बजारमा सेमी अनलाइन कारोबार सुरु हुँदैछ । हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेयरमा सुधार गरी इन्टरनेटबाटै खरिद बिक्री आदेश दिन सकिने सुविधा समावेश गरिएकाले अनलाइन कारोबार थालनी गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

यो सँगै लगानीकर्तालाई सेयर खरिदबिक्रीका लागि दलाल कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिने व्यवस्था उक्त सफ्टवेयरमा गरिएको छ ।

हाल लगानीकर्ताले शेयर खरिद बिक्री गर्नु परेमा दलाल कार्यालयमा प्रत्यक्ष उपस्थित हुनु पर्ने वा फोनबाट आदेश दिने गरेका छन् । सेमी अनलाइनले खरिद बिक्री आदेशको लागि वैकल्पिक बाटो दिएपनि लगानीकर्ताले गरेको आदेश सोझै नेप्सेको प्रणालीमा अपडेट भने हुँदैन । दलालले सफ्टवेयर मार्फत लगानीकर्ताले दिएको आदेशलाई नेप्सेको प्रणालीमा समावेश गरेपछि मात्र कारोबार गर्न सकिन्छ ।

नयाँ व्यवस्थाले धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने वोर्डले अपेक्षा गरेको छ ।

२०७४ मा एक खर्ब ३८ करोडको कारोबार

भर्खरै बिदा भएको २०७४ मा शेयर कारोबार एक खर्ब ३६ अर्ब रुपैयाँको भएको छ । सेयर बजारमा अनेकौं उतारचढावका कारण गत बर्ष सेयर कारोबार रकम एक खर्ब चार अर्ब रूपैयाँले घटेर एक खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको हो । २०७३ मा दुई खर्ब ४२ करोड रूपैयाँको सेयर खरिदविक्री भएको थियो । २०७४ मा २२६ दिन खुलेको बजारमा नेप्से परिसूचक ३७४.०६ अंकले गिरावट आएको छ । नेप्से २०७२ मा भरिमा नेप्से ४४० अंकले बढेको थियो भने २०७३ मा पनि ७२ को तुलनामा १३१ अंकले घटेको थियो ।

२०७४ सालमा एक लाख ३५ हजार पटकको कारोबारबाट ३० करोड ७९ लाख कित्ता सेयर कारोबार हुँदा एक खर्ब ३८ अर्ब रुपैयाँमा कारोबार भएको हो । यसमा ९९ करोड ९१ लाख रुपैयाँको म्यानुअल कारोबार भएको छ । यस बर्ष औसतमा १५४ कम्पनीको दैनिक सेयर कारोबार भएको छ ।


बर्षको सुरु कारोबार दिन लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १८ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अन्तिममा ४ खर्ब एक अर्ब रुपैयाँले घटेर १४ खर्ब ९८ अर्ब रुपैयाँ खुम्चियो । २०७४ मा अधिकतम बजार पूँजीकरण बैशाख १० गते आइतबार १९ खर्ब ६२ अर्ब र न्यूनतम चैत १२ गते १३ खर्ब ६९ अर्ब रुपैयाँ भयो ।

Womui
Womui