यो वर्षको आर्थिक वृद्धिदर ४.९ प्रतिशत

97

छिनछिन खबर
काठमाडौं, बैशाख १ । यो वर्षको आर्थिक वृद्धिदर ४.९ प्रतिशत पुग्ने भएको छ । उक्त आर्थिक वृद्धिदर यसअघि अपेक्षा गरिए भन्दा बढी हो । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.९ पुग्ने प्रक्षेपण गरेको हो ।

एडिबीले २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आंकलन गरेको थियो । तर, चालु आर्थिक वर्ष सकिन चार महिना बाँकी छँदा एडिबीले यसअघिको प्रक्षेपण संशोधन गर्दै ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

नेपालका विकास साझेदारहरुले आर्थिक वृद्धिदरको प्रक्षेपण आ–आफ्नै तरिकाले गर्दै आएका छन् । त्यसअनुसार उनीहरुले राख्ने आर्थिक वृद्धिदरको तथ्यांक पनि फरक देखिने गरेका छन् । विशेष गरी विश्व बैंक र एडिबीले गर्ने प्रक्षेपणमा अंकको भिन्नता देखिने गरेको छ । नेपालको केन्द्रीय तथ्यांक विभागले गर्ने प्रक्षेपणमा पनि यी दुई दातृ निकायको भन्दा फरक अंक हुने गरेको छ ।

 
एडिबीले चालु आवमा कुल गार्हस्थ उत्पादन ५.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । तर, मनसुन सामान्य हुने र चालु ठूला आयोजनाले तीव्रता पाउने कुरामा उक्त उच्च वृद्धिदर निर्भर रहने उसको भनाइ छ । यो वर्ष चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत्को निर्भरता अन्त्य हुने अनुमान एडिबीको छ । पूर्वाधार आयोजनाहरुको गुणस्तर र परिमाण बढ्ने अनुमान पनि उच्च रहेको एडिबीले बताएको छ । तर, स्थानीय तथा प्रदेश सरकारको अनुभव र क्षमताले यसमा प्रभाव पार्न सक्ने चुनौती उसले औंल्याएको छ ।

एडिबीले यो वर्ष महँगी (मुद्रास्फीति) वार्षिक ५.५ प्रतिशतका दरले बढ्ने बताएको छ । यो नेपाल राष्ट्र बैंंकले निर्धारण गरेको महँगी लक्ष्य सात प्रतिशतभन्दा कम हो ।  म्याक्रोइकोनोमिक अपडेटको यो संस्करणले नेपालमा कृषिको व्यावसायिकीकरणको महव र यसको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, संस्थागत, वित्तीय र पूर्वाधारका अवरोधलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गर्ने एडिबीले जनाएको छ ।

Womui
Womui