जिफन्टको अध्यक्षमा श्रेष्ठ

138

छिनछिन खबर

काठमाडौं, चैत १७ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नयाँ अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेसनले श्रेष्ठलाई चयन गरेको हो ।
नयाँ राष्ट्रिय समितिको उपाध्यक्षमा रमेश बडाल (विदेश मामिला), विदुर कार्की (योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य (आर्थिक प्रशासन), दीपक पौडेल (श्रम सम्वन्ध परिषद), जितेन्द्र श्रेष्ठ(प्रचार तथा प्रकाशन), मञ्जु थापा (ट्रेड युनियन शिक्षा), कमल गौतम (सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ (अध्यक्ष, महिला कमिटी) हुनुहुन्छ । ८ जना उपाध्यक्षमध्ये ७ जनाले एक–एक प्रदेशको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
यसैगरी महासचिवमा जनक चौधरी, उपमहासचिवद्धयमा दिनेश राई तथा पूर्णकुमारी कार्की चयन भएका छन् । ५ जना सचिवमा त्रिविक्रम ज्ञवाली (आर्थिक), बेलीमैया घले (ट्रेड युनियन शिक्षा), निशा बानियाँ (श्रम सम्वन्ध परिषद), सुनिता थापा (महिला) तथा दामोदर सापकोटा (विदेश मामिला छन् । राष्ट्रिय समितिको सदस्य रहने गरी प्रदेश अध्यक्षहरूमा किशोर धमला (प्रदेश नं १), कमलेश झा (प्रदेश नं २), रामहरि नेपाल (प्रदेश नं ३), रुद्रबहादुर खत्री (प्रदेश नं. ४), हरिबहादुर कार्की ( प्रदेश नं. ५), तेजप्रकाश जिसी (कर्णाली प्रदेश) तथा देवबहादुर बम (प्रदेश नं ७) निर्वाचित भए ।
जिफन्टको संशोधित विधान अनुरुप घटक युनियनका अध्यक्ष स्वतः राष्ट्रिय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । सो अनुसार भीमज्वाला राई (नेयास्वमसं), नरनाथ लुईंटेल (क्यूपेक नेपाल), आनन्द थामी(ह्वीन), सूर्यबहादुर कुँवर (नेस्वहोमयू), अर्जुन अधिकारी (जुगकाटेमयू), चन्द्रबहादुर थापा (नेस्वाकमयू), सुमनप्रसाद पराजुली (युनिट्राभ), महेन्द्रलाल श्रेष्ठ (इम्प्रेशन नेपाल), चेतबहादुर सापकोटा (नेष्ट) तथा जीवन अधिकारी (नाटु) छानिए ।

यसैगरी महिला समितिमा विजया खड्का, रञ्जु भट्टराई, अरुणा थापा, चन्द्रा थामी, राजकुमारी चौधरी, कमला तामाङ, माया भण्डारी, शारदा पौडेल, मिश्र कुमारी गुरुङ, शारदा पोडे, स्मृति लामा, तारादेवी पौडेल, सीता लामा तथा पम्फा देवकोटा पहारी निर्वाचित भएका छन् । जिफन्टको राष्ट्रिय कमिटीमा कुल ४१ दशमलव ६७ प्रतिशत महिला पुगेका छन् ।
जिफन्टको युवा कमिटी सन्तोष पुडासैनीको अध्यक्षतामा चयन भएको छ । यसैगरी राष्ट्रिय कमिटीको पदेन बैकल्पिक सदस्यहरुमा मचाबाबु मालाकार, नारायण अधिकारी, पूर्णचन्द्र उपाध्याय, चन्द्र सागर लामा तथा गणेश श्रेष्ठ चयन भए ।
महाधिवेसनले जिफन्टको संरक्षकमा वर्तमान अध्यक्ष विष्णु रिमाललाई चयन गरेको छ । चैत १४ देखि १७ गतेसम्म भएको महाधिवेसनमा देशभरीका ४ सय १२ प्रतिनिधि सहभागि थिए । यसैगरी २३ मुलुकका ३१ वटा संगठनका ४८ जना विदेशी अतिथि पनि सहभागि थिए ।

Womui
Womui