आधारभुत तह परिक्षाको निरीक्षण

40

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका आधारभुत तहका बिद्यालयमा सञ्चालित परिक्षाको सोमबार निरीक्षण गरिएको छ । पहिलो पटक सञ्चालित कक्षा ८ को आधारभुत तह परिक्षाको निरीक्षण गरिएको हो । आधारभुतसँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेको केन्द्रको पनि निरीक्षण गरिएको छ ।

एसइईको परिक्षा चैत ८ गतेबाट नै सुरु भएपनि कक्षा ८ को भने सोमबारबाट सुरु भएको छ । आधारभुत तह परीक्षा सञ्चालनका लागि नगरमा तोकिएका १० वटा केन्द्र मध्ये अधिकांस परीक्षा केन्द्रको सोमबार उपमहानगरपालिकाको एक टोलीले निरीक्षण गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी ईश्वर पौडेलसहितको टोलीले बिहान केन्द्रको निरीक्षण गरेको थियो ।

उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी पौडेलका अनुसार नगरका १० वटा केन्द्रमा सरकारी ९ सय ६३, निजी १६ सय गरी कुल २५ सय ६३ जना बिद्यार्थी आधारभुत तह परिक्षामा सहभागी भएका छन् । मर्यादित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न सुरक्षा, सुबिधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पौडेलले बताए । निरिक्षणपछि उपमेयर थापाले परिक्षा मर्यादित तरिकाबाट सञ्चालन भइरहेको पाइएको बताईन् ।

Womui
Womui