मेयर कपमा विभिन्न खेल सम्पन्न

172

कोहलपुर-कोहलपुर नगरपालिकाको ओजनामा सञ्चालित प्रथम अन्तर मावि स्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको दोस्रो दिन सम्पन्न १५ सय मिटर दौडको छात्र तर्फ जनज्योति पब्लिक माबिका सुवास बराल प्रथम, पञ्चमुखी माबिका रबिन बम द्वितिय र ज्ञानज्योति माबि चप्परगौडीका अजय बुढाथोकी तृतीय भएको छन् ।

त्यस्तै छात्रातर्फ गोरर्खा यूनाईटेड स्कुलकी बिर्सना कुमाल प्रथम, त्रिभुनव माबिकी पार्वती खड्का द्धितिय र साईनिङ स्टार माबिका रुपा थापा तृर्तिय भएकी छिन् । लङजम्प तर्फको खेलमा छात्रतर्फ ज्ञानज्योती माबि चप्परगौडीका सुरेन्द्र चौधरी प्रथम, जनज्योती पब्लिक माबिका विनोद केसी द्धितिय र लक्ष्मी माबि बर्दहवाका शत्रुहन थारु तृर्तिय भए । यसैगरी छात्रा तर्फ साईनिङ स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय माबि खड्कवारकी हिमसरी खड्का द्धितिय र पञ्चमुखी ईग्लिस मिडियमकी विजया कुँवर तृर्तिय भएकी छिन् । भलिबल छात्रतर्फ ब्राईट लाईट एकेडेमी, त्रिभुवन माबि, जनज्योति पब्लिक माबि र कृष्ण माबि सेमिफाईनलमा पुगेका छन्, भने छात्रातर्फ डाईनामिक माबि, नमूना विद्या सदन माबि, ज्ञानज्योति माबि र साईनिङ स्टार माबि सेमिफाईनलमा प्रवेश गरेका छन् ।

साथै अन्य विभिन्न प्रतियोगिताको फाईनल शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा निजी तथा सामुदायिक बिद्यालय गरी ३४ वटा बिद्यालयको सहभागिता जनाएका छन्, भने प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड सञ्चालन निर्देशिकामा आधारित छात्र÷छात्रा दुबैतर्फ फिल्ड र ट्रयाकका १ सय मिटर, १५ सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेल समावेश गरिएको आायोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई ५१ हजार, द्धितिय हुनेलाई ३१ हजार र तृर्तिय हुनेलाई २१ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

Womui
Womui