बालबिबाह विरुद्ध जनप्रतिनिधिको सामुहिक प्रतिवद्धता

25

बाँके(अगैया)-राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले बालविवाह विरुद्ध खडो रुपले प्रस्तुत हुने प्रतिवद्धता जनाएका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा राप्तीसोनारीमा आयोजित कार्यक्रममा उपस्थित गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष तथा वडासदस्यले सामुहिक रुपमा प्रतिवद्धता जनाएका हुन् ।

राप्तीसोनारी गाउँपालिकाको आईतबार बसेको बोर्ड बैठक ।

जनप्रतिनिधिले गाउँपालिकाभित्र बालबिबाह हुन लागेको कुरा थाहा पाउने बित्तिकै रोक्ने र बालबिबाह गरिएको कार्यक्रममा सहभागि भएर भोज पनि नखाने प्रतिवद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालबिबाह भएको थाहा पाउने बित्तिकै तत्काल खबर गर्न गाउँपालिकाबासीलाई अनुरोध गरे । बालबिबाहलाई कानुनले अपराध मानेको हुँदा कसैले पनि बालबिबाह नगर्न र नगराउन उनले आग्रह गरे ।

Womui
Womui