बाँके निर्माण व्यवसायी संघको नेतृत्व हाँक्न खड्का तम्तयार

253

नेपालगन्ज-बाँके निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि जिल्लाका चर्चित व्यवसायी टेकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी संघको निर्वतमान उपाध्यक्ष हुन् । प्राविधिक विषय पढेर लामो समयदेखी निर्माण व्यवसायको काममा सक्रिय रहँदै आएका खड्का राम्रो छबि भएको व्यवसायीको सूचिमा पर्छन् । यसपटक उनी बाँके निर्माण व्यवसायी संघको नेतृत्व हाँक्न तम्तयार छन् । निर्माण व्यवसायीको हक, हितमा काम गर्न आफु नेतृत्वमा आउन चाहेको खड्काले बताए । ‘मुलुक संघियतामा प्रवेश गरिसकेको अवस्थामा निर्माण व्यवसायीका समस्या र चुनौती थपिएका छन्,’ खड्काले छिनछिन खबरसँग भने ‘नयाँ बन्ने संरचनामा बन्ने ऐन/नियमलाई निर्माण व्यवसायीमैत्री बनाउन मैले पहल गर्नेछु ।’

आफु व्यवसायीको हकहितका पक्षमा सदैव लड्ने उनले प्रतिवद्धता जनाएका छन् । संघको १७ औं साधारण सभाको बन्द शत्रले नयाँ नेतृत्व चयन गर्न लागेको हो । खड्कासँगै निर्वतमान अध्यक्ष जितेन्द्रबहादुर हमालले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । हमालले नेतृत्व सम्हाल्दा सर्वसम्मत रुपमा कार्यसमिति पदाधिकारी निर्वाचित भएको थियो । त्यतिबेला हमालले एक कार्यकाल सम्हालिसकेपछि स्वतः पद हस्तान्तरण गर्ने सहमती भएको थियो । ‘त्यतिबेला भएको सहमतीको पालना गरिएको भए अहिले स्वतः सर्वसम्मत रुपमा मैले अध्यक्ष पद पाउनुपर्ने हो, तर सहमतीको पालना नभएपछि निर्वाचन प्रक्रियामा जानु परेको हो,’ खड्काले भने । आफुलाई निर्माण व्यवसायीले जिम्मेवारी दिनेमा पुर्ण रुपले आशावादी रहेको उनले बताए । संघको वरिष्ठ उपाध्यक्षमा लिलाराज उपाध्याय, राघव शाह र नगेन्द्र कार्कीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा टंक खड्का र यादव शाह, महासचिवमा भुपाल ओली र दिनकर भट्टराईको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा पुर्णबहादुर राना र संदिपजंग शाह, कोषाध्यक्षमा सुनिलप्रकाश शाह र कुन्जिलाल बर्मा तथा सहकोषाध्यक्षमा अब्दुल रसिद सिद्धिकी, नरेशबहादुर शाही र जाकिर अलि कबडियाले उम्मेदवारी दिएका छन् । अन्य ७ जना सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । दुई महिला सदस्य पदका लागि २ जनाले उम्मेदवारी दिर्ता गराएको निर्वाचन समितिले जनाएको छ । आइतबार उम्मेदवारी फिर्ताको समय पश्चात निर्वाचन गराउने कार्य तालिका छ । निर्वाचन प्रक्रियामार्फत १६ जना निर्वाचित हुने र एक जनालाई मनोनित गर्ने व्यवस्था छ ।

Womui
Womui