जानकी गाउँपालिका पुर्ण खोप

113

नेपालगन्ज-बाँकेको जानकी गाउँपालिकालाई मंगलबार पुर्ण खोप घोषणा गरिएको छ । गाउँपालिका कार्यालय परिसरमा मंगलबार एक औपचारिक समारोहका बीच पुर्ण खोप घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष रामनिवास यादवको सभापतित्व एवम् जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का, विभिन्न राजनीतिक दल, स्वास्थ्यकर्मी लगायतको उपस्थित भएका थिए ।

जानकी गाउँपालिकाको पुर्ण खोप घोषणा कार्यक्रममा नृत्य प्रस्तुत गर्दै एक युवती ।

कार्यक्रममा बोल्ने सरोकारवाला बक्ताले घोषणा गरेर मात्र केही नहुने बताउँदै यसलाई दिगो बनाउनुपर्नेमा जोड दिए । गाउँपालिकाभित्र ९ सय ९१ जना बच्चाले पुर्ण खोप लगाएको आधारमा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक दलबहादुर रोकाले जानकारी दिएका छन् । पुर्ण खोप घोषणा गर्नका लागि विभिन्न ९ चरणका कुरा पुरा गर्नुपर्नेमा सबै पुरा गरिएको उनले बताए । जन्मेदेखी २३ महिनाभित्रका बच्चाले ११ रोग विरुद्धका खोप अनिवार्य लगाउनुपर्छ । जनस्वास्थ्य कार्यालयले समग्र जिल्लालाई आगामी असार महिनाभित्र पुर्ण खोप घोषणा गर्ने तयारी गरिरहेको प्रमुख खड्काले जानकारी दिएका छन् ।

Womui
Womui