प्रजातन्त्र दिवसमा रक्तदान

129

नेपालगन्ज-प्रजातन्त्र दिवसको अवसरमा सोमबार नेपालगन्जमा रक्तदान गरिएको छ । ठकुरी पत्रकार समाज नेपालले प्रजातन्त्र दिवस र समाजका सदस्य निरजसिंह ठकुरीको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम गर्यो ।

उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेको समाजका अध्यक्ष करुणा शाहले जानकारी दिईन् । यसैगरी अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस ईकाई नेपालगन्जले पनि रक्तदान गरेको छ । उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । यस्तै निलसागर बृद्धाश्रमले गरेको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ ।

 

 

Womui
Womui